२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु 

Nada
२०८१ साउन २० गते १३:५३
Shares
तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु 

काठमाडौंः इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

ncell

प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले छुरा प्रहार गरेको तर आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको बताएको छ । 

गाजामा इजरायल–हमास युद्ध शुरु भएको करिब १० महिनापछि क्षेत्रीय तनाव बढिरहेका बेला इजरायलको व्यापारिक केन्द्र तेल अभिभको बाहिरी भागमा पर्ने होलोनका विभिन्न स्थानमा आक्रमण भएको म्यागेन डेभिड एडोम नामक आपतकालीन सेवा बलले जनाएको छ । 

इजरायलको कब्जामा रहेको वेस्ट बैङ्ककका ती संदिग्धलाई घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले ‘निष्प्रभावी’ बनाएको बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणको केही समयपछि गम्भीर घाइते भएकी ७० वर्षीया महिलाको मृत्यु भएको म्यागेन डेभिड एडोमले जानकारी दिएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

७० वर्षीय वृद्धको अवस्था गम्भीर रहेको, ६८ वर्षीय एक जना गम्भीर घाइते भएको र २६ वर्षीय पुरुषको अवस्था सामान्य रहेको सो संस्थाले जनाएको छ । ‘यो एक जटिल र कठिन आतङ्कवादी हमला थियो, पीडितहरू एक अर्काबाट लगभग ५०० मिटरको दूरीमा तीन अलग–अलग स्थानमा फेला परेका थिए’, म्यागेन डेभिड एडोमले भनेको छ । (एजेन्सी)

सम्बन्धित खबर