२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने

Nada
२०८२ चैत १९ गते १२:१८
Shares
प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने, प्रचण्ड नबोल्ने

काठमाडौंः चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा बैठक बस्न लागेको हो । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने कार्यसूचि रहेको छ । सचिवालयकाअनुसार बैठकमा सम्बोधन गर्ने नेताहरुलाई दलिय आधारमा बोल्ने समय निर्धारण गरिएको छ । रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रमसंस्कृति र राप्रपालाई ७/७ मिनेट तथा स्वतन्त्र सांसद पुन लाई ५ मिनेटको समय निर्धारण गरिएको सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने, तीन वटा अध्यादेश पेस गर्ने, सभामुख चयनको निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने, संसद नियमावली, २०७९ प्रस्तुत गर्ने, शोक प्रस्ताव पारित गर्ने लगायतका सम्भावित कार्यसूचि समेत रहेका छन् ।   

laxmi recruitement

सम्बन्धित खबर