२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा

Nada
२०८२ चैत १९ गते १३:१६
Shares
प्रलोपाको अध्यक्ष परिषदबाट सुदन किराँतीले दिए राजीनामा

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)को अध्यक्ष परिषदबाट सुदन किराँतीले राजीनामा दिएका छन् । बुधबार बसेको पार्टी बैठकमा उनले राजीनामा दिएको जानकारी पार्टीका अर्का अध्यक्ष सन्तोष परियारले दिएका छन् ।

ncell

परियारका अनुसार किराँतीसहित केही सदस्यले अध्यक्ष परिषदबाट राजीनामा दिएका छन्, तर ती राजीनामा हालसम्म स्वीकृत भइसकेका छैनन् ।

किराँतीले पार्टी नै छाड्ने तयारी गरेको विषय पनि उठेको छ, तर यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन । पार्टीले राजीनामा दिने सदस्यहरूबारे विस्तृत जानकारीसहित आधिकारिक धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने तयारी गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर