सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट, १५ असार । रौतहट चन्द्रपुरमा घुमुवा प्रहरी भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । आवत जावत गर्ने यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउँदै डर, धाक, धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोलका सुमन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित मेन चौक नजिक रहेको तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसलाई रोकी होटेल अगाडी सावर्जनिक बाटोमा उपस्थित मानिसहरुलाई म घुमुवा प्रहरी हो भनि डर धाक धम्की देखाई दुःख हैरानी दिँदै आएका थिए ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा सूचना प्राप्त हुनासाथ तत्काल त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
उनलाई तत्कालै नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यवहार मुद्दामा अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies