२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने कांग्रेसको निर्णय

Nada
२०८२ चैत १९ गते १४:२१
Shares
जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने कांग्रेसको निर्णय

काठमाडौंः नेपाली कांग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानुन मिचिएमा सचेत गराउने निर्णय गरेको छ । नयाँ निर्वाचित संसदको पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले यस्तो जानकारी दिएका हुन् । 

ncell

सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भूमिका र संसदमा सांसदहरूको सक्रियताका विषयमा घनिभूत छलफल भएको उनले बताए । तर सरकारले कतै विधि र कानुन मिच्ने ढंगले जनता र देशलाई अहित हुने कुरा ल्याएमा कांग्रेसले कडा रूपमा सचेत गराउने उनको भनाइ छ । बैठकमा संसदमा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ । 

उनकाअनुसार बैठकमा पार्टीको संयुक्त संसदीय दलको बैठकले आगामी दिनमा संसदमा खेल्नुपर्ने भूमिका र जनताका जल्दाबल्दा समस्याहरूलाई कसरी उठाउने भन्नेमा साझा धारणा बनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर