२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेको विरोध, ओली-लेखकको रिहाइको माग

Nada
२०८२ चैत १९ गते १४:३६
Shares
प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेको विरोध, ओली-लेखकको रिहाइको माग

काठमाडौं : प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सञ्चालनका क्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई बसेर प्रक्रियामा सहयोग गर्न आग्रह गरे पनि एमाले सांसदहरूले विरोध जारी राखेका थिए ।

ncell

विरोध जारी रहँदा एमालेका तर्फबाट सांसद गुरु बराललाई बोल्न समय दिइएको थियो । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढंगले पक्राउ गरिएको आरोप लगाए ।

बरालले संविधान र कानुनी प्रावधान विपरीत मुलुकी कार्यविधिको दफा १८१ र १८२ प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरे । उनले यस विषयलाई गम्भीर भन्दै तत्काल रिहा गर्न माग गरे ।

उनले काठमाडौंसहित देशभर शान्तिपूर्ण प्रदर्शन भइरहँदा समेत सरकारले दमनकारी शैली अपनाएको बताए । “यो गम्भीर आपत्तिको विषय हो, देशव्यापी रूपमा विरोध भइरहेको छ,” उनले भने, “सरकारले दमनको नीति लिएको छ ।”

एमालेले प्रतिनिधिसभाको पहिलो बैठकमै उक्त विषय उठाउँदै आफ्ना अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाएको छ । पार्टीले दुवै नेताको अविलम्ब रिहाइको माग गर्दै आन्दोलन जारी रहने संकेत समेत दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर