२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमसिसी खारेज गर्न हर्क साम्पाङको माग

Nada
२०८२ चैत १९ गते १५:५६
Shares
एमसिसी खारेज गर्न हर्क साम्पाङको माग

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता खारेज गर्न माग गरेका छन् ।

ncell

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले यस्तो माग गरेका हुन् । देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसिसी परियोजना खारेज गर्नुपर्ने उनको तर्क छ ।

उनले कुनैपनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताए । उनले एमसिसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूको गतिविधि बढ्दै गएको उल्लेख गर्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघमार्फत नेपालको सीमा यकिन गर्ने तथा र त्यसको सुरक्षाका लागि नेपाली सेनालाई प्रभावकारी रूपमा परिचालन गर्न पनि माग गरे ।

ताजा खबर

सम्बन्धित खबर