
काठमाडौँ : प्रतिनिधि सभा सदस्य महावीर पुनले आफू राजनीतिज्ञ नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफू समाजसेवीको दृष्टिले कार्य गर्ने बताए। उनले आफ्नो भूमिका पक्ष वा विपक्षमा नभई निष्पक्ष हुने जानकारी पनि दिएका छन् ।
‘म एउटा अचम्मको सांसदको रूपमा आएको छु, म फरक छु, बोल्ने काम गर्ने कुरा पनि फरक छ। म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ,’ पुनले भने ।
उनले आफू चुनावमा नलड्ने अवस्था हुँदाहुँदै पनि चुनाव लडेको जानकारी दिएका छन् । जेन जेड आन्दोलनपछि किताब बेच्ने क्रममा शिक्षा क्षेत्रमा काम गर्दै शिक्षामन्त्री बनेको स्मरण गर्दै उनले नियमावली र अध्यादेशमार्फत सुधारका लागि प्रयास गर्दा असफल भएपछि मन्त्रीबाट राजीनामा दिएर चुनाव लडेको बताए ।