२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अस्पतालमै लिन थालियो केपी ओलीसँग बयान

Nada
२०८२ चैत १९ गते १७:३८
Shares
अस्पतालमै लिन थालियो केपी ओलीसँग बयान

काठमाडौं : प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ । 

ncell

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमा उनीसँग बयान लिन  सुरु गरेका हुन् ।

पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ । लेखकको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर