२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

Nada
२०८२ चैत २० गते १२:१९
Shares
गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

ncell

पूर्वसांसद एवं कांग्रेसका नेतासमेत रहेका अस्पतालका सञ्चालक डा. सुनिल शर्माले घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आएको बताएका थिए । सो क्रममा अधिकांश घाइतेहरूको नि:शुल्क उपचार गरेको भन्दै डा.शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए । 

गएराति त्रिभुवन विमानस्थलको निरीक्षणपश्चात् गृहमन्त्री गुरुङ केएमसी अस्पताल पुगेका थिए । डा.सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था बुझेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर नि:शुल्क उपचार भइरहेको डा.शर्माले बताए । 

ताजा खबर

सम्बन्धित खबर