२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

उपसभामुख चयनबारे रास्वपाको स्पष्टोक्ति- ‘पहिला सभामुखको टुंगो लागोस्, अनि मात्र छलफल’

Nada
२०८२ चैत २० गते १३:३१
Shares
उपसभामुख चयनबारे रास्वपाको स्पष्टोक्ति- ‘पहिला सभामुखको टुंगो लागोस्, अनि मात्र छलफल’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल शुरु नगरेको स्पष्ट पारेका छन् ।

ncell

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताएका हुन् ।

उनले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गरे ।

लामिछानेले अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको चरणवद्ध विकासले नै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे । उनले सभामुखले प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दाहरूलाई बन्देज लगाउने खालको व्यवहार गर्न नहुनेमा खबरदारी गरे । 

लामिछानेले सभामुखको भूमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिंगो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर