२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संक्रमणकालीन न्यायमा शहीद परिवारलाई प्राथमिकता दिनुपर्नेमा रवि लामिछानेको जोड

Nada
२०८२ चैत २० गते १५:२०
Shares
संक्रमणकालीन न्यायमा शहीद परिवारलाई प्राथमिकता दिनुपर्नेमा रवि लामिछानेको जोड

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालीन र आम न्यायको प्रक्रियामा शहीद तथा घाइते परिवारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

ncell

लामिछानेका अनुसार न्यायको आवश्यकता सबैका लागि समान छ, तर आफ्ना सन्तान गुमाएका परिवार, विशेषतः आमाहरूको पीडा र आवश्यकता तत्काल सम्बोधन हुनुपर्छ । 

उनले शहीद परिवार र घाइतेहरूलाई न्याय पाउने पहिलो अधिकार हुनु पर्नेमा जोड दिए ।

सञ्चारकर्मीको प्रश्नमा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधका कारण पक्राउ गरिएको आरोपबारे, लामिछानेले जवाफ दिँदै न्याय प्रक्रिया परिवार र पीडित बालबालिकामाथि केन्द्रित हुनुपर्ने स्पष्ट गरेका छन् ।

उनले आफ्नो पार्टीको निर्णय, गतिविधि र अभिव्यक्ति ‘पब्लिक अडिट’ अन्तर्गत नागरिकहरूले नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै, सबै प्रक्रिया पारदर्शी र नागरिक अपेक्षाअनुरूप अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर