२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सभामुख डिपी अर्यालले २२ गते सपथ लिने 

Nada
२०८२ चैत २० गते १६:०१
Shares
सभामुख डिपी अर्यालले २२ गते सपथ लिने 

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । 

ncell

सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । 

राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको जानकारी दियो । 
 

ताजा खबर

सम्बन्धित खबर