
काठमाडौं : संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले चैत २४ गते निर्वाचन गर्ने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनको मिति तय गरेको हो ।
बैठकले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।
अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।