यामराज बिष्ट/मध्यान्ह
दैलेख, १७ असार । दैलेखमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी शुरु भएको छ । भगवतीमाई गाँउपालिकाको आयोजनामा, प्रदेश सुशासन केन्द्र सहयोगमा कार्यक्रम भगवतीमाईमा शुक्रबारबाट शुरु भएको हो ।
शनिबारसम्म चल्ने कार्यक्रममा गाँउपालिकाका अध्यक्ष, उपाअध्यक्ष, वडाध्यक्ष ,कर्मचारी, सहभागी छन् । स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी अभिमूखिकरण गर्ने र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रदेश सुशासन केन्द्रका जनक भट्टराईले जानकारी दिए ।
यस्तै भगवतीमाई गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर थापाले नीति, कानून योजना संस्थागत व्यवस्थापन मानव संसाधन तथा क्षमता विकास सेवा प्रभाव सुशासन तथा उत्तरदायित्व थप कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयलाई जोड दिए । तालिमले गाँउपालिकाभित्र बालबालिका तथा महिला हिंसाका घटनाको जोखिम न्यूनिकरण र पूर्व तयारीमा टेवा पुग्ने भएकाले बताउँदै उनले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यवन गरे मात्र तालिमले सार्थकता पाउने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले स्थानीय तहमा मात्र नभई लैङ्गकि समानता हरेक क्षेत्रमा हुनुपर्ने बताए । समुदायमा महिला हिंसा, अपाङ्गता बालशोषण र सामाजिक दुर व्यबहार अन्त्यको लागी हामी सवै जुटेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies