२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु

Nada
२०८२ चैत २१ गते ११:५३
Shares
कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु

काठमाडौँ : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया आजदेखि अगाडि बढाउने भएको छ । पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशन सम्बन्धी गतिविधि शनिबारदेखि सुरु गर्न लागेको हो ।

ncell

महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशन प्रक्रियासम्बन्धी आवश्यक जानकारी र निर्देशन प्रदान गरिने जनाइएको छ ।

कार्यक्रम आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदै छ । महाधिवेशनमा खटिने प्रतिनिधिहरूलाई सभापति गगन थापासहित शीर्ष नेताहरूले अभिमुखीकरण दिँदैछन् ।

कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रारम्भिक तयारीलाई तीव्रता दिएको जनाएको छ । कांग्रेसको महाधिवेशन असोज १६/१९ मा काठमाडौंमा हुँदै छ ।

ताजा खबर

सम्बन्धित खबर