अजय मिश्र/मध्यान्ह
कृष्णनगर, १७ असार । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत लौहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहकाबीच प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले उद्घाटन गरेका थिए ।
स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समिति संयोजक जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष नूर मोहम्मद खाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य सुनिल चौधरी, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सत्यराम हरिजन, कृषि ज्ञान केन्द्रका रवीन्द्र नाथ चौबे, अतिथिमा कृष्णनगर नगरपालिका कृषि शाखा प्रतिनिधि र कृषि अफिसर प्रविना अचार्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख शाहले स्मार्ट कृषि गाउँ नगरपालिकाभित्र रहनु आफैमा सराहनीय रहेको, उक्त गाउँमा कृषि आधुनिकीकरण अनुसार बालीको उब्जनी बढेको भन्दै नगरपालिकाबाट कृषि क्षेत्रको विकासमा हुन सक्ने हरेक सम्भव प्रयास गरिने बताए ।
कार्यक्रममा सिँचाई स्मार्ट कार्यक्रम, जलवायु स्मार्ट कार्यक्रम, हाइब्रिड जातको धान बिउ खरिद, खाद्य पोषण स्मार्ट कार्यक्रम, प्रविधि स्मार्ट, बजार स्मार्ट लगायतको विषय यस लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समिति अन्तर्गत राखिएको सो अवसरमा जानकारी गराइएको थियो ।
कार्यक्रममा वक्ताहरूले आधुनिक प्रविधि, हाइब्रिड बिउ, उचित मलको प्रयोग लगायतले बालीनालीको उब्जनी बढेको बताएका थिए । कार्यक्रम संचालन कृषि ज्ञान केन्द्र तौलिहवाका योजना अधिकृत शिव पूजन गुप्ताले गरेका थिए । कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies