२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता

Nada
२०८२ चैत २१ गते १३:५९
Shares
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । लामिछाने निवास पुगेर शाहीले आज भेट गरेका हुन् ।

ncell

उनीहरूबीचमा प्रतिनिधि सभाको उपसभामुखबारे छलफल भएको जनाइएको छ ।

शाहीले लामिछानेसँग भेट भएको फोटो फेसबुकमा राख्दै एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ ।’

प्रतिनिधि सभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित भएको घोषणा भने आइतबार गरिने तय छ ।
 

सम्बन्धित खबर