२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

रास्वपा शक्तिशाली बन्नु खोजीको विषय : सचिव भट्टराई

Nada
२०८२ चैत २१ गते १८:२८
Shares
रास्वपा शक्तिशाली बन्नु खोजीको विषय : सचिव भट्टराई

काठमाडौँ : नेकपा (एमाले)का सचिव डा.राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याउनु कारण खोजीको विषय भएको बताएका छन् ।

ncell

शनिबार काठमाडौँमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रास्वपा शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका हुन् ।

भट्टराईले भने, ‘हामी फरक राजनीतिक पृष्ठभुमिका बोकेका फरक राजनीतिक पार्टीहरू पनि छौ । थुप्रै दलहरू छौ । अझ आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ ।’

मुलुकमा भू-राजनीतिक संवेदनशीलता बढेर गएकाले दलहरूबीच राष्ट्रिय एकता कायम गरेर अघि बढने कुरामा ढिलाई गर्न नहुने उनले स्पष्ट पारेका छन् ।

दलहरूबीचको सम्वाद तत्काल शुरु गरी राष्ट्रिय एकतालाई कायम गरेर अघि बढ्ने गरी मुलुकमा विदेशनीतिबारे सार्वजनिक बहस गर्नु अति जरुरी रहेको सचिव भट्टराईको भनाइ थियो ।

सम्बन्धित खबर