२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

Nada
२०८२ चैत २२ गते १२:२६
Shares
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

ncell

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुवैजनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुने भएको हो ।

जेन जेड आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।

सम्बन्धित खबर