२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी

Nada
२०८२ चैत २२ गते १३:१९
Shares
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ ।

ncell

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए ।

त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा अहिले पनि काँग्रेसपछि दोस्रो ठूलो दलको हैसियतमा छ ।

सम्बन्धित खबर