२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति

Nada
२०८२ चैत २२ गते १८:४२
Shares
दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : दीपक खड्का विरुद्ध जारी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ncell

चैत १५ गते पक्राउ परेका खड्कालाई दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि पनि जिल्ला अदालत काठमाडौँले प्रारम्भिक अनुसन्धानका लागि सात दिनको हिरासत स्वीकृत गरेको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रहेका खड्कामाथि उनीसँग सम्बन्धित निवासमा फेला परेको नगद रकमबारे अनुसन्धान भइरहेको छ । उक्त रकम जलेको अवस्थामा बरामद भएको भनिएको छ ।

सम्बन्धित खबर