२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सरकारलाई झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?

Nada
२०८२ चैत २३ गते १३:२८
Shares
सरकारलाई झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?

काठमाडौंः नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्न नहुने बताएकी छन् । 

ncell

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका उनले सो घटनाको निष्पक्ष छानविन कहिले हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गरिन् । नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवारलगायतका ठाउँहरुलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । 

सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन् । सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताइन् । 
 

सम्बन्धित खबर