
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यसअघिको सदन खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बसेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कांग्रेस, नेकपा र एमालेका शीर्ष नेतृत्वहरुको निवासमा संसद बन्दी बनाइँदा सिद्धान्त कमजोर बनेकोतर्फ संकेत गर्दै अब त्यस्तो नहुने उनको भनाइ छ ।
नेपालले दक्षिण एसियाकै उत्कृष्ट सदन पाएको भन्दै उनले संस्कार, संस्कृति र सिद्धान्तअनुसार अघि बढ्नुपर्ने बताए । उनले सदनलाई मन लागे सहभागि हुने र मन नलागे सहभागि नहुने चिया चौतारीजस्तो बनाइनु नहुनेतर्फ समेत सबैको ध्यानाकर्षण गराए ।
उनले मुलुकमा सुशासन कायम गर्दै समृद्धिको मार्गमा अघि बढाउन सबैको सहयोग गर्नुपर्नेमा जोड दिए ।