२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

Nada
२०८२ चैत २३ गते १४:५६
Shares
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन

काठमाडौं : प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन नियमावली मस्यौदा समिति गठन गएिको छ । 

ncell

सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको सभापतित्वमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको हो ।

नियमावली मस्यौदा समिति गठनका लागि रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले समितिको सभापतिमा गणेश पराजुली र समिति सदस्यहरूको नाम प्रश्ताव गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईं, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने र सुलभ खरेल रहेका छन् ।

समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ ।

सम्बन्धित खबर