२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मन्त्रिपरिषद्को वरीयता हेरफेर : पाँचौंमा झरे गृहमन्त्री गुरुङ, श्रममन्त्री साह पुछारमा

Nada
२०८२ चैत २४ गते १२:५०
Shares
मन्त्रिपरिषद्को वरीयता हेरफेर : पाँचौंमा झरे गृहमन्त्री गुरुङ, श्रममन्त्री साह पुछारमा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम (वरीयता) हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार क्याबिनेटको नयाँ वरीयता निर्धारण गरिएको हो ।

ncell

नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङ यसअघि तेस्रो स्थानमा रहे पनि अहिले पाँचौं स्थानमा झरेका छन् ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा पुगेका छन् ।

त्यसैगरी, यसअघि १५औं वरीयतामा रहेकी सीता वादी आठौं स्थानमा उक्लिएकी छन् ।

सम्बन्धित खबर