२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन समाप्त, तीन विधेयक पारित

Nada
२०८२ चैत २४ गते १९:१५
Shares
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन समाप्त, तीन विधेयक पारित

काठमाडौँ : कोशी प्रदेश सभाको हिउँदे तथा आठौँ अधिवेशन सोमबार समाप्त भएको छ । प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन सोमबार राति १२ बजेदेखि समाप्त हुने गरी निर्णय गरेका हुन् ।

ncell

अधिवेशन समाप्त गर्न अघि सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष औपचारिक सिफारिस गरेको थियो ।

जेन जेड आन्दोलनका क्रममा प्रदेश सभा भवन र सचिवालयमा आगजनी हुँदा बैठक सञ्चालनमा समस्या देखिएको थियो। त्यसपछि माघ २५ गतेदेखि विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर अधिवेशन आह्वान गरिएको थियो ।

दुई महिनासम्म चलेको हिउँदे अधिवेशनले तीन विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ संशोधन विधेयक, प्रदेश विधायनसम्बन्धी व्यवस्थाका लागि विधेयक र कोशी प्रदेश आम-सञ्चार व्यवस्थापन विधेयक पारित भएका हुन् । 

अधिवेशनको अवधिमा १५ बैठक सम्पन्न भएका थिए । ‘शून्य समय’ मा ८३ जना सांसदले मन्तव्य राखेका थिए भने ‘विशेष समय’ प्रयोग गरेर १९ जना सांसदले छलफल गरेका थिए ।

सम्बन्धित खबर