
काठमाडौं : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउको अनुमति लिएको हो ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो ।
त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।
देउवा दम्पती अहिले उपचारका क्रममा विदेशमा छन् ।