२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्रीलाई एमाले सांसद हमालको प्रश्नः समानुपातिक सांसदहरुमाथि किन विभेद ?

Nada
२०८२ चैत २५ गते १३:३६
Shares
प्रधानमन्त्रीलाई एमाले सांसद हमालको प्रश्नः समानुपातिक सांसदहरुमाथि किन विभेद ?

काठमाडौंः प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदहरुलाई भेट नदिएकोमा आपत्ति जनाएकी छन् । 

ncell

प्रधानमन्त्री साहले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सांसदहरुसँगको भेटलाई तिब्रता दिइरहेका बेला उनले समानुपातिक सांसदहरुलाई भने किन सो अवसरबाट वञ्चित गराएको ? भनि प्रश्न समेत गरिन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद हमालले विकास, निर्माणको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने अवसर नदिएर प्रधानमन्त्री शाहले सांसदहरुबीचमा नै विभेद गरेको जिकिर गरिन् । 

सांसद हमालले सरकारले विकास निर्माणको सवाल हुने छलफलको विषयलाई समेत रोजाईको विषय बनाउने काम गर्न नहुने बताइन् ।  

सम्बन्धित खबर