
काठमाडौँ : नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेको भन्दै असन्तुष्टि जनाइन् ।
उनले भनिन्, प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ । तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’
उनले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानूनी हिसाबले थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरिन् ।