२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सरकारलाई कांग्रेसले भन्यो- मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिइयोस्

Nada
२०८२ चैत २५ गते १४:३५
Shares
सरकारलाई कांग्रेसले भन्यो- मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिइयोस्

काठमाडौं : नेपाली कांग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यन्नको अभाव, बजार मूल्य वृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

ncell

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाशसिंह कार्की भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालिन र दीर्घकालीन खालको योजना बनाएर काम गर्न ढिलाइ गर्न नहुने बताए ।

सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढन आवश्यक रहेको समेत बताए ।

उनले भने, ‘हालको भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै उत्पन्न हुने विविध समस्या र चुनौतीहरुमा सरकारको गम्भीर ध्यानाकर्षणको आवश्यकता छ । यस्ता समस्याहरुलाई पहिचान गर्दै सरकारले पूर्व तयारी गर्नुपर्ने आवश्यकता ठानेको छु । यसले मुलुकमा उत्पन्न हुने अल्पकालीन र दीर्घकालीन विपद पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ । इन्धनको मूल्य वृद्धि, खाद्यन्नको अभाव, बजार मुल्य वृद्धि नियन्त्रणको लागि आवश्यक योजना बनाउनु आजको प्राथमिकता हो । यसमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद कार्कीले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको पनि बताए ।

सम्बन्धित खबर