२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पक्राउ पुर्जी जारी भएपछि देउवाले दिए यस्तो स्पष्टीकरण

Nada
२०८२ चैत २५ गते १९:३९
Shares
पक्राउ पुर्जी जारी भएपछि देउवाले दिए यस्तो स्पष्टीकरण

काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत उक्त जानकारी थाहा पाएको उल्लेख गर्दै उनले यससम्बन्धी प्रचारप्रसार भ्रामक र आधारहीन रहेको बताएका छन् ।

ncell

देउवाले प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरिएको जनाएका छन् । लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शितामा आधारित प्रणालीप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहेको उल्लेख गर्दै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्ने धारणा उनले राखेका छन् ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा आफ्नो भूमिका स्मरण गर्दै उनले गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ल्याउन अग्रसर भएको तथा प्रधानमन्त्रीका रूपमा भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा ल्याइएको उल्लेख गरेका छन् ।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन्। उनले अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यस्तो छ देउवाको स्पष्टीकरण 


सम्बन्धित खबर