
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।
श्रम संस्कृतिबाट रुविकुमारी ठाकुरले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । उनी श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन् ।
उनको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी बसेका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा उम्मेदवारी दिएको छ । राप्रपाबाट सांसद सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।