२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जापानमा बिल्डिङ मेन्टिनेन्स क्षेत्रमा पनि नेपालीलाई अवसर

ADV
२०८१ साउन २१ गते ०६:४५
जापानमा बिल्डिङ मेन्टिनेन्स क्षेत्रमा पनि नेपालीलाई अवसर

काठमाडौं : जापानमा भवन व्यवस्थापन (बिल्डिङ मेन्टिनेन्स)का क्षेत्रमा नेपाली कामदार जान पाउने भएका छन् । जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग यसबारे छलफल गरेको थियो ।

सोअवसरमा भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार लैजाने विषयमा छलफल भएको हो । नेपाल र जापानबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौताअनुसार बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यो नेपालीका लागि नयाँ क्षेत्र भएको बताइएको छ ।

छलफलमा जापानी जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्न पाउने र नेपाल फर्केपछि अवसर सिर्जना गर्नसक्ने बताएका छन् । साथै उक्त क्षेत्रमा नेपालीले आकर्षक तलब पाउने सक्ने जेबीएमएका प्रतिनिधिको भनाइ छ ।

त्यसका लागि जेबीएमएले आगामी डिसेम्बरको शुरुतिर जाँच गर्ने बताइएको छ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन ४ लेभलको अध्ययन पूरा गरेको नेपाली उक्त छनोट परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise