२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

विद्यार्थी संगठन खारेजी प्रस्तावविरुद्ध संयुक्त विद्यार्थी समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Nada
२०८२ चैत २७ गते १४:०४
Shares
विद्यार्थी संगठन खारेजी प्रस्तावविरुद्ध संयुक्त विद्यार्थी समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ : विद्यार्थी संगठनसम्बन्धी संरचना खारेज गर्ने सरकारी तयारीप्रति असहमति जनाउँदै विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनमा उत्रिने घोषणा गरेको छ ।

ncell

राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त विद्यार्थी समूहले पहिलो चरणका विरोध कार्यक्रम सार्वजनिक गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो । उनीहरूका अनुसार शासकीय सुधारका नाममा अघि सारिएका १०० बुँदे कार्ययोजनाभित्र विद्यार्थी संगठन खारेज गर्ने प्रस्ताव समावेश गरिएकाले उक्त विषयलाई लिएर आन्दोलन सुरु गर्न बाध्य भएको बताएका छन् ।

संयुक्त विद्यार्थी संगठनहरूले उक्त प्रस्तावलाई लोकतान्त्रिक अभ्याससँग असंगत ठहर गर्दै निर्णय फिर्ता लिन सरकारसमक्ष माग राखेका छन् । साथै, चरणबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उनीहरूले दिएका छन् ।

सम्बन्धित खबर