२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न रवि लामिछानेको आग्रह

Nada
२०८२ चैत २७ गते १५:०४
Shares
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न रवि लामिछानेको आग्रह

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई व्यक्तिगत सम्बन्धका आधारमा नियुक्ति प्रक्रियामा हस्तक्षेप नगर्न स्पष्ट निर्देशन दिएका छन ।

ncell

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा सम्बोधन गर्दै उनले आफन्त तथा नजिकका व्यक्तिलाई पदमा ल्याउने प्रयासमा संलग्न नहुन आग्रह गरेका हुन् ।

उनले वर्तमान जिम्मेवारीमा पुग्न युवापुस्ताको योगदान महत्वपूर्ण रहेको स्मरण गराउँदै त्यसको मूल्यांकन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी भए तापनि उनले कुनै धारणा राखेनन् ।

उक्त बैठकले उपसभामुख पदका लागि उम्मेदवारी दिएकी रूबी ठाकुरलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ । 

सम्बन्धित खबर