
काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी आइतबार भारत जान लागेका हुन् ।
उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् । डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ
यो कार्यक्रममा डा. अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।