२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल

Nada
२०८२ चैत २८ गते १५:४८
Shares
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाएका छन् ।

ncell

पार्टीको कार्यक्रममा बोल्दै उनले सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको बताए । उनले सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणमाथि समेत प्रश्न उठाएका छन् ।

उनले भने, ‘सुशासन अरूलाई तर्साउन होइन, आफैँले पालना गर्नका लागि हो । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार छन्, के नयाँ भनिनेहरू तयार छन् ।’

श्रमिकबाट मालिक बन्नु अपराध नभएको भन्दै विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आएको र राज्यलाई कर तिरिएको छ वा छैन ? भन्नेबारे जवाफ दिनुपर्ने महासचिव पोखरेलको भनाइ थियो ।

सम्बन्धित खबर