२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

छानबिनका लागि म तयार छु : प्रचण्ड

Nada
२०८२ चैत २८ गते १६:३६
Shares
छानबिनका लागि म तयार छु : प्रचण्ड

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । 

ncell

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे‍का हुन् । आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको बताए । उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गरे । 

उनले भने, ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो रु सम्पूर्ण छानबिनका लागि म तयार छु ।’ वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए ।  

सम्बन्धित खबर