२०८१ भदौ २४ गते सोमवार / Sep 09 , 2024 , Monday
२०८१ भदौ २४ गते सोमवार

'उवर'मा १ लाख बीवाईडी कार सामेल हुने

ADV
मध्यान्ह
२०८१ साउन २१ गते ११:५०
'उवर'मा १ लाख बीवाईडी कार सामेल हुने

काठमाडौं : चर्चित राइड सेयरिङ प्लेटफर्म 'उवर'ले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ । युरोप र ल्याटिन अमेरिकाबाट शुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो ।

उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविध दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ । उवर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बाबजुद उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्णरुपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय अनतर्राष्ट्रिय मिडियाले टिप्पणीसमेत गरेका छन् ।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । मध्य पश्चिम, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise