
काठमाडौंः नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । कुँवरले आजको मितिदेखि लागू हुने गरी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् ।
उनले पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा माग्दै कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक करम्चारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ कुँवरकाे राजीनामा पत्रमा उल्लेख छ ।