२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

Nada
२०८३ वैशाख २ गते १६:१८
Shares
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ : नेपाली कांग्रेसका तथा पूर्व मन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

ncell

खड्काकी श्रीमती विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी तथा सहायक प्रवक्ता (उपरजिस्ट्रार) निराजन पाण्डेका अनुसार सर्वोच्चले यस मुद्दाको पेसी भोलि (वैशाख ३) गतेका लागि तोकेको छ ।

‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ । खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।

सम्बन्धित खबर