२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने तयारीमा प्रतिपक्षी तीन दल

Nada
२०८३ वैशाख ३ गते १३:०१
Shares
सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने तयारीमा प्रतिपक्षी तीन दल

काठमाडौंः सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ । बैठकमा कांग्रेसबाट अर्जुननर सिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ । 

ncell

बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ । विपक्षी दलहरुबीचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । 

लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो । यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ । 

सम्बन्धित खबर