
काठमाडौंः नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदकाे उम्मेदवार सांसद भरतबहादुर खड्कालाई बनाउने तयारी गरेको छ।
आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम अन्तर्गत कांग्रेसले सभापति पदमा खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको हो ।
सार्वजनिक लेखा समिति सभापति पदको निर्वाचन शुक्रबार हुनेछ। खड्का फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट निर्वाचित भएका थिए।