२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि लामिछाने

Nada
२०८३ वैशाख ३ गते १७:३६
Shares
संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।

ncell

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताए ।

उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भुमिका पनि सकारात्मक रहने अपेक्षा राखे ।

यस वर्ष समाजमा व्याप्त विसंगति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताए । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे ।

उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टिओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर