२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सरकारले नियम उल्लंघन गरेर प्राधिकरणका सञ्चालकलाई हटायो : सांसद सापकोटा

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १४:१२
सरकारले नियम उल्लंघन गरेर प्राधिकरणका सञ्चालकलाई हटायो : सांसद सापकोटा

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणका दुई सदस्य बर्खास्त गरेकोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उलंघन गरेर सरकारले प्राधिकरणका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए ।

उनले सरकारले यो देशमा ‘अटोक्रेसी’ चलाउन खोजीरहेको आशंकासमेत व्यक्त गरे ।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीसम्बन्धमा विद्युत् प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगर्न र नगराउन पनि नेपाल सरकारलाई निर्देशन दिने भनेर भनिएको उनको भनाई छ । 

तर लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ती निर्णयहरूलाई उल्टाउन लागेको उनले आरोप लगाए ।

ADVADV

सम्बन्धित खबर

Advertise