२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १८:०२
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई एमालेका ९, कांग्रेसका १३ र १ स्वतन्त्र सांसद गरी २३ सांसदले विश्वासको मत दिएका छन् ।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिएका हुन् । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise