२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

यूएई र कतारका लागि रोकिएको बाइक राइडरको श्रम स्वीकृति कुवेतका लागि खुलाउने तयारी

ADV
२०८१ साउन २२ गते ०६:५५
यूएई र कतारका लागि रोकिएको बाइक राइडरको श्रम स्वीकृति कुवेतका लागि खुलाउने तयारी

काठमाडौं : खाडी मुलुक यूएईका लागि रोकिएको बाइक राइडरको रोजगारी कुवेतका लागि भने खुला हुने भएको छ । यूएईमा मासिक २ हजार ७ सय दिहरामसम्म मासिक तलब हुने भनेर गएका ठूलो संख्याका नेपाली बाइक राइड कामदारले भनेअनुसार तलब पाउन नसकेको भन्दै विगतमा पठाउने म्यानपावर कम्पनीमाथि केही दल र सामाजिक सञ्जालमार्फत दबाब दिएर स्वदेश फर्काइ क्षतिपूर्तिको नाममा ठूलो रकम असुल्ने गरेका थिए ।

विगतमा यूएईबाट फर्केका बाइक राइडरहरुलाई पर्याप्त क्षतिपूर्ति नदिइएको दाबी गर्दै सामाजिक अभियन्ता तारा बराल र केही युट्युबर वैदेशिक रोजगार विभागमा दबाब दिन जाँदा चर्काचर्की र हात हालाहाल भएको थियो  । त्यसपछि  विभागले वैदेशिक रोजगारबाट फर्केका युवाहरुले युट्युबर ल्याइ हुलहुज्जत गरी कार्य सम्पादनमा अवरोध उत्पन्न भएको भन्दै केही दिन कार्यालय प्रवेशमा कडाइ गरेको थियो ।

त्यसपछि विभागले यूएई र कतारको बाइक राइडर तथा ट्याक्सी ड्राइभरको पूर्व स्वीकृति बन्द गर्दै दुवै देशमा रहेका नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरण स्थगित गर्न अनुरोध गरेको थियो । बाइक राइडरको रोजगारीमाथि रहेका चुनौती यथावत रहेको अवस्थामा कुवेतका लागि खुला गरेर दबाब र असुरक्षा बढाउन खोजिएको कतिपयको भनाइ छ ।

यूएईमा बाइक राइडरको काममा गएका नेपाली बाइक राइडर र ट्याक्सी ड्राइभरले स्वीकृत मापदण्डअनुसार तलब पाउन नसकेको, सहजरुपमा लाइसेन्स पाउन नसक्दा लामो समयसम्म कामविहीन बस्नुपरेको, ट्राफिक नियम जानकारी नहुँदा चर्को जरिवानामा परेको, दुर्घटनामा परेकोजस्ता गुनासा दैनिकरुपमा विभागमा आउने गरेको निष्कर्ष निकालेर श्रम स्वीकृति रोकेको थियो ।

यूएईमा मालिकको अण्डरमा बस्न नपर्ने, मासिक ४५ सय दिरामसम्म कमाइ हुने र त्यहाँको लाइसेन्स प्राप्त गरी नेपाल फर्केर युरोपेली मुलुकमा जान पाइने प्रलोभनमा परेका युवाहरु बाइक राइडरमा जाने र विभिन्न बहाना सिर्जना गरी म्यानपावर कम्पनीलाई दोष देखाएर फर्कने गरेका थिए । 

हाल केही व्यवसायीले सप्लाइ नभइ सिधै कम्पनी मातहत काम गर्ने गरी डिमाण्ड ल्याएको र परिस्थितिमा पनि परिवर्तन भएकाले आकर्षक तलब हुने बाइक राइडरको रोजगारी बन्द गर्न उचित नहुने बताउँदै आएका छन् । उनीहरुकै आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुवेतमा बाइक राइडर खुला गर्ने गृहकार्य गरिरहेको बताइएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise