२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पोर्चुगलमा बुद्ध जयन्ती मनाइँदै

Nada
भरत प्रधान
२०८३ वैशाख १७ गते ११:५६
Shares
पोर्चुगलमा बुद्ध जयन्ती मनाइँदै

लिस्बन : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औं जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।

ncell

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा यही मे, १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो । 

बुद्धजयन्तीको अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचनसमेत हुने बताइएको छ ।

बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको महासंघका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए । कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई अध्यक्ष रानामगरले विशेष आग्रहसमेत गरेका छन् ।

पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली संघ–संस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आइएको छ ।

सम्बन्धित खबर