२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

shivam cement
२०८१ जेठ २६ गते ११:५६
Shares
अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए। विमानमा एन्डर्स एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए ।

डिसेम्बर १९६८ मा अपोलो–८  मिसनको सदस्य, एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ती मध्ये एक थिए ।

चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको बिरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । “अर्थराइज“ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक “संसार बदलेको १०० तस्बिर“हरुको सूचीमा समावेश गरिएको थियो।

“सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो।“ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए ।

सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हालेक थिए । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।

ADV

सम्बन्धित खबर