२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १६:१८
अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौंः अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका–३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै झापाको भद्रपुर नगरपालिका–९ निन्दा खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दिपेश माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise